प्राकृतिक संरक्षण समाज १. पृष्ठभूमिः नेपालहिमालयको काखमा रहेकोपूर्वीय सभ्यता र संस्कृतिकविविधताले सम्पन्नमुलुकहो । तराईको समतलफाँटदेखि पहाडहुँदै हिमाल सम्म फैलिएको यस मुलुकमा जैविक, साँस्कृतिक र भौगोलीकविविधताको अथाहभण्डार छ । यहाँभएका साँस्कृति, धार्मिक र प्राकृतिक सम्पदाहरुको संरक्षण सम्बद्र्धन र व्यवस्थापनगर्दै राष्ट्र, राष्ट्रीयता र नेपाली सभ्यतालाई संसारमाउच्च राख्नु हामी सबैको साझाकर्तव्यहो । विकासकाप्रशस्त सम्भावनाहरु हुँदाहुँैदै पनि संवेदनसील भू—धरातलीयअवस्थिति,भूपरिवेष्टितता रकमजोर भौगोलिकबनावटको कारणलेमानवजन्यतथाप्राकृतिकप्रकोपकाप्रभावहरुबाटहामीले भारी मात्रामाजनधनको क्षति र वातावरणीय समस्याहरु भोग्नु परीरहेको छ । यसै गरि हामीले जलवायु परिवर्तनकानकारात्मक असर, महामारी र रोगव्याधिजस्ताचुनौतिहरुको सामनागर्न परीरहेको छ । यीचुनौतीहरु सामनागर्दै नेपालको संविधानले परिकल्पना गरेको स्वच्छ, स्वास्थ्य समाजउन्मुख अर्थतन्त्रनिर्माणगर्न र वर्तमान नेपाल सरकारले लिएको कार्यक्रमलाई सार्थक र परिणममुखीबनाउनराष्ट्रियसंकल्पलाइ साकार पार्न वातावरणीय सुरक्षाएउटामहत्वपूणर् पूर्वशर्त रहेको हँुदा“प्राकृतिक संरक्षण समाजले” यस राष्ट्रिय संकल्पमाउल्लेख्य योगदान पुर्याउने लक्ष्यलिएको छ । विकासका समष्टिगतलक्ष्यहरु हासिलगर्ने शिलशिलामावातावरण संरक्षणतथाव्यवस्थापनकोक्षेत्रमा नेपालले मुलुकको आवश्यकता र अन्तराष्ट्रियमहासन्धि, अभिसन्धितथा सम्झौताहरु अनुरुपनीतिगत, कानुनीतथा संस्थागत संरचनाहरुको व्यवस्था गरेको छ । सरकारी, गैर सरकारी संघ संस्थाहरु, विकास साझेदार तथा सम्वद्ध सरोकारवालाहरुको संलग्नतामावातावरणीय सम्वेदनशीलताकामुद्दाहरुलाई आत्मसात गरी सम्वोधनकाप्रयासहरु भईरहेकाछन् । वातावरण संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाई स्वच्छएंम स्वस्थवातावरणसिर्जनागर्न तथाप्राकृतिक स्रोत र साधनको बुद्दिमत्तापूणर् प्रयोगद्वारा दिगो(हरित)विकास हासिलगर्नृ आजको आवश्यकताहो । आर्थिकविकास र वातावरण संरक्षणबीचको सम्वन्धबाटदिगो विकास हासिलहुने विषयलाई आत्मसाथगदैप्राणीतथावनस्पति जगत सहित समग्र वातावरणीयसुरक्षालाई मनन गरी स्वच्छतथा स्वस्थवातावरणकायमगर्न आजको अपरिहार्य आवश्यकताहो । सरसफाई तथाफोहोरमैलावयवस्थापन, प्रदूषणनियन्त्रण र हरियालीप्रवद्र्धन गर्न एउटाअभियानका साथकामगर्न पर्ने समय आएको छ । व्यतिm, घर, संस्थावा संगठनले सार्वजनिक स्थानमाफोहोरमैलाफाल्ने चलन नै बनेको सन्दर्भमातिनलाई व्यवस्थापनगर्नपर्ने खाँचो छ फोहोर मैलालाई दिगो आम्दानीको श्रोत बनाई मलउत्पादनगरि रोजगार र व्यवस्थापन गरी काठमान्डौं उपत्यकालगायत नेपालकाशहरहरुलाई धुलो, ध्वनी र धुँवाजस्ताप्रदूषणबाटमुक्तगर्न पर्ने टड्कारो आवस्यकता देखिएको छ ।सडककिनार, सिंचाइकुलोको किनार र नदीकिनार तथाखाली र पर्ति जग्गामाबहुउपयोगीफलफूल र जडीबुटीकाबोटविरुवालगाई उद्योगलाइआवस्यक पर्ने कच्चापदार्थकाप्रजातिकावृक्षारोपण गरी हरियालीप्रर्वद्धनगर्न पर्ने जरुरी छ ।कार्वनउत्सर्जन र सोको व्यापार सम्बन्धीआमनागरीकलाईजनचेतना र जनसहभागिता गराई नागरीकको स्वचछ र स्वस्थवातावरणमाबाँच्नपाउने हक संविधानमा समेत व्यवस्थाभएको परिप्रेक्ष्यमाउपरोक्तप्रत्येक नागरीकलाई उत्तरदायी र जिम्मेवार बनाउनु राज्यको दायित्वपनिहो । उक्ततथ्यलाई मननगर्दै नेपाललाई सफा, स्वच्छ र हराभरा बनाउन सरसफाई तथाफोहोरमैलाव्यवस्थापन, प्रदूषणनियन्त्रण र हरियिालीप्रर्वद्धनकाअभियानहरुलाई एकीकृत रुपमासंचालनगर्ने गरी वनतथावातावरणमन्त्रालय सँग सहकार्य गर्दै “हरीयाली संगै विकास” (न्चभभल म्भखभयिऊभलत) लाई अगाडीवढाउननेपाल स्वच्छवातावरणमहाअभियानलाई यस प्राकृतिकसंरक्षण समाजले वि.सं. २०६४ साल देखीकार्यगर्दै आइरहेको छ ।