विश्वका लाखौ मानिसहरु मध्ये तपाई आज यस संस्थाको तर्फवाट सम्मानित हुनुभएको छ । आज तपाईको जन्मदिनको यस शुभ अवसरमा तपाईलाई सम्मान गर्न पाउँदा प्राकृतिक संरक्षण समाज धेरैहर्षित भएको छ । यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै सुस्वास्थ्य द्धिर्घायु एवम सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
यस धर्तीमा आफुलाई जन्मदिने बुबा आमालाई सम्मान गरौ । पृथ्वी हाम्रो साझा घर हो, सवै मिली प्रकृतिलाई माया गरौ, सके राम्रो गरौं, नसके नराम्रोपनि नगरौं,यस धर्तीमा राम्रो कामको आजवाटै थालनी गरौं , जन्म दिनको अवसरमा कम्तीमा एउटा मात्र भए पनि वृक्षारोपण गरौं । रोपेका विरुवाहरुको संरक्षण गरौ, सके आफै गरौ, नसके प्राकृतिक संरक्षण समाज लाई वृक्षारोपण र वातावरण संरक्षणका लागि सहयोग गरौ ।तपाईको सानो सहयोगले पनि विश्ववातावरण संरक्षणमा ठूलो महत्व राख्नेछ ।
धन्यवाद ।